प्रधानमन्त्री केपि शर्मा ओली पुगे विमान दुर्घटनास्थलमा

काठमाडौं, साउन ९

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगेका छन् ।

उद्दारको काम सकिएपछि दुर्घटनास्थल निरीक्षणका लागि ओली पुगेका हुन् ।बिहान ११ः११ मा काठमाडौंबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो ।

विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घाइते भएका पाइलटको उपचार भइरहेको छ ।