चितवन, साउन ९
चितवन माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा अध्ययनरत २३ बर्षीया छात्राले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
शिक्षालयमा डिप्लोमा इन सिभिल ईञ्जिनियरिङ अन्तरगत छैठौं सेमेष्टर (अन्तिम बर्ष)मा अध्ययनरत सर्लाही जिल्ला निवासी विभा साहले बुधबार बिहान माडी-७, कीर्तनपुरस्थित डेराघरको कोठामा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् ।
बिहान संगै चियापान गरेको बहिनी खाना खान नउठेसंगै उनका दाजुले कोठा खोली हेर्दा झुण्डिएको अवस्थामा देखेसंगै पासो काटी बघौंडा अस्पताल ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।साभार स्वदेश एफ एम



