बारा, श्रावन १० ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ६ लेन सडकको सडक पेटीमा बिरुवा रोपिएको छ । वातावरणिय सन्तुलन कायम राख्न टेवा पुगोस् भन्ने उदेश्यले बाटोको छेउमा विभिन्न प्रजातिको बिरुवा रोपिएको हो ।
मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको बिशेष उपस्थितिमा जीतपुरको वडा कार्यालय अगाडी देखी बिरुवा रोप्न सुरु गरिएको छ।
वृक्षरोपण कार्यक्रमको सुरुआत गर्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले मोटर बाटो खन्दा वातावरणीय पक्षलाई जोगाउन नसक्दा हुने नोक्सानीलाई परिपूर्ति गर्न वृक्षरोपणले सहयोग पुग्ने विस्वाँस व्यक्त गर्नुभयो । वाताबरण संरक्षण र पैदल यात्रीलाई शितलता दिनेगरि सडक छेउमा बिरुवा रोप्ने र हरियाली सडक नामाकरण गर्ने वडाको सोच अनुसार क्वेस्ट फर्मास्यूटीकल औसधि उधोग प्रालिको सहयोगमा गरिएको वृक्षारोपण कार्यको प्रसंशा समेत गर्नुभएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ जीतपुरको आयोजना तथा क्वेस्ट फर्मास्यूटीकल औसधि उधोग प्रालिको सहयोगमा जीतपुरमा सडक छेउमा बिरुवा रोपिएको वडाध्यक्ष सुनिल कुमार गुप्ताले बताउनु भयो । क्वेस्ट फर्मास्यूटीकल औसधि उधोग प्रालि बिरुवा को साथ साथै बिरुवाको संरक्षणको लागि फलाम सहितको जाली उपलब्ध गराएकोमा उहाँले औषधी उधोगलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । उक्त बिरुवा रोप्ने कार्यक्रममा जीतपुरका अगुवा र स्थानियहरुको उपस्तिथि रहेको थियो।



