भरतपुरमा सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

भरतपुर, साउन ११-

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ मा एक सवारीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । अशोक चोकमा नम्बर नखुलेको सवारी साधनले बागमती प्रदेश ०६–००३ प ६८३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भरतपुर–७ बस्ने ५० वर्षीय चण्डीप्रसाद अधिकारी रहेका छन् । बिहीवार राति करिब १२ बजेको समयमा नम्बर नखुलेको सवारीको ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भिर घाइते भएका थिए ।

उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान २ः०७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको उनले बताए ।