भारतको श्रीनगरमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरको उद्धार, प्रधानमन्त्री ओलिले दिए धन्यवाद

काठमाडौं, साउन ११

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारत काश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी नेपाल फर्काएर ल्याइएको छ । रोजगारीको प्रलोभनमा बेचबिखन गरी काश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई सो मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हाे  ।

मजदुरहरुको उद्धारबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमार्फत जानकारी  दिएका छन् ।  त्यसमा सिराहाका २१ जना र धनुषाका ७ जना मजदुर रहेका छन् । उनीहरूलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ ।

मानव बेचबिखन नियन्त्रण समितिले आजै सबैलाई घर–घर पठाउने छ । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय थियो । प्रधानमन्त्री अ‍ोलीले उद्धार कार्यलाई सफल बनाएकोमा मन्त्रालयका सचिव दिनेश भट्टराई सहितको टोलीलाई धन्यवाद दिएका छन् । राताे पाटी