ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्र जीतपुरमा मनाइयो श्री कृष्ण जन्माष्टमी

  • एस.एस.पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहेको ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रले श्री कृष्ण जन्माष्टमी धुमधामका साथ मनाएको छ । कृष्ण जन्माष्टमीको अवसरमा ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्र जीतपुरले सत्युगी दुनियाको चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम आयोजना गरि धुमधामका साथ मनाएको हो ।

कार्यक्रममा राधेकृष्णको चैतन्य भाँकी सगैँ सांस्कृतीक संगितमा नाँचगानको प्रस्तुती देखाईएको थियो भने अन्तराष्ट्रिय ख्यातीप्राप्त बरिष्ठ प्रशिक्षक राजु घलेले प्रवचन सुनाउनु भएको थयो ।

ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्र जीतपुरकी ब्रहमाकुमारी रेणु बहनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जीतपुरसिमरा उपमाहानगरपालिकाका नगर प्रमुख डा.कृष्ण पौडेल प्रमुख अथितिको रुपमा उपस्थीत हुनुभएको थियो ।

कार्यक्रममा जीतपुरका समाजसेवी नेता कृष्णबरत सिंह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ की वडा सदस्य दुर्गा रिजाल, जीसि नगर उधोग वाणिज्य संघका माहासचिव सिवजी साह सोनार, मनोज गुप्ता, नेता अफ्ताव आलम, गणेश साह लगायतको उपस्थित रहेको थियो ।