माछा भात खाएर फुड पोईजन हुदाँ बारामा तीन बालबालिकाको मृत्यु

बारा, २८ साउन ।

माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीनको मृत्यु भएको छ। जिल्लाको सिम्रौनगढ नगरपालिका झवानी गाउँमा फुड पोइजनिङ बाट स्थानिय नरेश राम चमारको तीनजना नाबालक छोरा र छोरीको मृत्यु भएको हो ।

छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरी ९ वर्षि लालिमा राम, ७ वर्षिय पुष्पा राम र ५ वर्षका छोरा कृष्णनन्दन राम माछा भात खाएर सुतेका थिए। माछा भात आएको केही समयपछि तीनैजना बालबालिकाको स्वास्थ अवस्था बिग्रेपछि स्थानिय स्तरमा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपक सापकोटाले घटनाको पुष्टी गर्दै मृतक तीनैजना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताएका छन। घटना बारे थप अनुसन्धान भईरहेको तथा थप बिवरण आउन बाँकी रहेको उनले बताए ।