जीतपुरसिमराको कानुन पालनामा जनज्योती सहकारीको अग्रसरता, कोषाध्यक्ष शर्माले पदबाट दिए राजीनामा

बारा, भाद्र १९ गते ।

जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवानाका कोषाध्यक्ष गोविन्द शर्माले कोषाध्यक्ष पदबाट राजीनामा गरेका छन् । संस्थाको चौधौं बार्षिक साधारण सभाको अवसरमा कार्यक्रमलाई सम्बोधनगर्दै कोषाध्यक्ष शर्माले दोहोरो पदमा रहन नपाउने उपमहानगरको कानुनलाई पालना गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

शर्मा उपमहानगरकै डुमरवानादुग्धउत्पादक सहकारी संस्था लिमिटेडमा पनि कोषाध्यक्षपदमानिर्वाचितभएकाथिए । दुग्धउत्पादक कृषक समेत रहेका शर्माले जनज्योती सहकारीबाट पद छाडेपनि संस्थालाई आफूले जानेको सल्लाह सुझाबंिदै संगै रहने बताए ।
जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख राजनपौडेलले जनज्योती सहकारी र त्यसका सञ्चालकहरुको प्रशंसा गर्दै नगर कानुनको पालनाकालागिअग्रसर भएकोमाउपमहानगरका तर्फबाट धन्यबादव्यक्त गरे ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सतेन्द्र ठाकुरले बारा जिल्लामै उदाहरणीय कार्य गरिरहेको भन्दै सहकारीको प्रशंसा गरे ।

संस्थाकाअध्यक्ष भिम बहादुर केसीको अध्यक्षतातथा सचिब यज्ञ प्रसाद तिवारीको सहजीकरणमा सम्पन्नकार्यक्रममासंस्थाकाअध्यक्ष केसीले संस्थागतप्रतिवेदन, व्यवस्थापकगिता कँडेल सापकोटाले संस्थाको प्रगतिप्रतिवेदन, कोषाध्यक्षगोविन्दशर्माले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक प्रेम पौडेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाले सबै प्रतिवेदनहरु सुझाव सहितपास गरेको सचिब यज्ञ प्रसाद तिवारीले जानकारी दिए । तिवारीकाअनुसार जनज्योतीसहकारीले ४५१ म्हिला सहित ९५४ जना शेयर सदस्यकाविचसाढे ६ करोडको कारोबार गरिरहेको छ ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित जनतामाध्यमिक विद्यालयबाट २०८० सालको एसईई र कक्षा १२ को परीक्षामाउत्कृष्ट नतिजाल्याउने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।