चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान: कोलकत्तालाई स्तब्ध पार्दै आयोजक फाइनलमा

बारा, असोज ४ गते ।

पाहुना टोली कोलकत्तालाई पन्छाउँदै आयोजक सिमरा भेट्रान क्लब चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा क्लिभ हाउस भेट्रान फूटबल क्लब कोलकत्तालाई २–० ले पराजित गर्दै आयोजक उपाधी नजिक पुगेको हो ।

आयोजकको जीतमा दुवै गोल रमेश गुरुङले गरेका हुन् । रमेश खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार दिउँसो ३ बजेपछि दोस्रो सेमिफाइनल खेल हुँदैछ । दोस्रो सेमिफाइनल खेलमा सरस्वती नगर भेट्रान काठमाडौं र ए.बि.सी भेट्रान क्लब पोखरा भिड्दैछन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।