बारा, असोज ५ गते ।
जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया क्याम्पसको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो ।
जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरका अध्यक्ष गोपाल सिंह कडेंलको अध्यक्षतामा सम्पन्न भएको १९ औं साधारणसभाको प्रमुख अतिथि मधेद प्रदेशसभा सदस्य देवनारायण चौधरी रहनुभएको थियो । प्रमुख अतिथि चौधरीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रममो उद्घाटन गर्नुभएको थियो ।
संस्था स्थापना भएको १९ वर्ष पुरा भएसँगै १९ औं साधारणसभामा सम्पन्न गर्दै संस्थाले आफ्नो प्रगति विवरण सहित अर्थिक प्रतिवेदन पेस गरेको थियो । संस्थाको तर्फबाट सोही संस्थाका सचिवले प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो भने संस्थाका प्रबन्धक सन्तोष प्रसाद यादवले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
प्रगति प्रतिवेदनमा संस्थाको करिब करिब सम्पुर्ण पल्र्स सुचक लक्ष्य अनुरुपनै रहेको प्रतिवेदनमा उल्लेख थियो ।
आर्थिक मन्दिका कारण संस्थाको गत वर्षको भन्दा यस वर्ष करिब २० प्रतिशतले नाफा घटेको छ । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरले गत वर्ष १ करोड १२ लाख २० हजार २ साय २९ रुपैया नाफा गरेको थियो ।
संस्थाको १९ औं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य देवनारायण चौधरीले जन क्लयाण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरले जनताको वास्तबमै कल्याण गरेको बताउनु भएको थियो । आफुले यस संस्थालाई विगतका दिन जस्तै अगामि दिनमा पनि आफुले सक्दो सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साथै उँहाले संस्थाका शेयर सदस्यहरुलाई एउटै सहकारीमा आबद्ध भैइ आफ्नो आर्थिक कारोबार गर्न जोड दिनुभएको थियो ।
साधारणसभामा ५ जना उत्कृष्ट वचथकर्ता, ५ जना उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट कर्मकारी र १ जना उत्कृष्ट पत्रकारलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सहप्रबन्धक आत्माराम अधिकारीले गर्नुभएको थियो ।



