हातेमालो साकोस सिमराको १७औं वार्षिक साधारणसभा सम्पन्न, २ करोड ४९ लाख नाफा

बारा, असोज १९ गते ।

हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको थानिमाई सामुदायिक वन (सिमरा पार्क) मा संस्थाले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष यज्ञ बहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको १७औं साधारणसभाको प्रमुख अतिथि मधेस प्रदेश सरकारका भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री रहनुभएको थियो । प्रमुख अतिथि क्षेत्रीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रममो उद्घाटन गर्नुभएको थियो ।

संस्था स्थापना भएको १७ वर्ष पुरा भएसँगै १७औं वार्षिक साधारणसभामा सम्पन्न गर्दै संस्थाले आफ्नो प्रगति विवरण सहित प्रतिवेदन पेस गरेको थियो । संस्थाको तर्फबाट सोही संस्थाका अध्यक्ष आलेले प्रतिवेदन पेस गर्नुभएको थियो ।

४ हजार २ सय भन्दा बढी सेयर सदस्य रहेको उक्त हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराले आर्थिक वर्ष २०८०/८१ मा २ करोड ४९ लाख ६ हजार ४५ रुपैया नाफा गरेको छ आर्थिक प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । गत आर्थिक वर्ष यस सस्थाले २ करोड ५६ लाख ३७ हजार ६ साय ९० रुपैया नाफा गरेको थियो ।

त्यसै गरि यस संस्थाले आर्थिक वर्ष मा ७१ करोड ३६ लाख ४ सय ६५ रुपैयाको कारोबार गरेको छ भने कर्मचारीको क्षमता अभिवृद्धिका लागि शिक्षण सहित सामाजिक उत्तरदायित्वका विभिन्न कामहरू गर्ने प्रतिविदेनमा उल्लेख गरिएको थियो । साथै संस्थाको सम्पुर्ण पर्लस सुचक पनि लक्ष्य अनुरुपनै रहेको प्रदिवेदनमा उल्लेख छ ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएका मन्त्री क्षेत्रीले सहकारीमा आवद्ध सदस्यको हितमा काम गर्दै उनीहरुको मन जित्न सके अनि मात्र कुनै सहकारी सफल हुने बताउनु भयो । मन्त्री क्षेत्रीले मधेश प्रदेश सरकारले सम्पुर्ण सहकारीलाई सम्पर्क गरेर सहकारीलाई व्यवस्थित र सुद्धिड बनाउन मधेस सरकार काम गरिरहेको बताए । साथै लामो समयदेखी सम्पर्कमा नाअएको सहकारी संस्थाको दर्ता खारेजी गर्ने समेत उनले बताए ।

कार्यक्रममा बारा क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य देवनारायण चौधरी, पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, समाजेवी मुकुन्द बहादुर क्षेत्री, समाजसेवी कृष्ण व्रत सिंह लगाएतकाले शुभकामना मन्तव्य राखनु भएको थियो ।