बारा, माघ २८ गते ।
अदालतको अवहेलना मुदामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुप्तासहितलाई उच्च अदालतले दोसि ठहर गरेको छ ।
उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जका न्यायाधीश दुर्गा बहादुर विश्वकर्मा र मोहनराज भट्टराईको इजलासले जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख, जीतपुरसिमरा-७ का वडा अध्यक्ष र वडा सचिव विपक्षी रहेको अवहेलना मुदामा फैसला सुनाएको हो ।
२०८१ असार २८ गते उच्च अदालतले एक व्यक्तिको जन्मदर्ता बनाउन आदेश दिएपनी वडा अध्यक्ष र सचिवले आदेशको अवहेलना गर्दै जन्मदर्ता नबनाएपछी उनीहरू विरूद्ध अदालतको अवहेलना मुदा दर्ता भएको थियो ।
अदालतले अवहेलना मुदामा वडा अध्यक्ष सुनिल कुमार गुप्ता र उनको वडाको वडा सचिवलाई जनही २ हजार रूपैया जरिबाना गरेको हो ।
मुदाको विदि सरिता भट्टराईको तर्फबाट अधिकता सुधिर कुमार कर्णले बहस गर्नुभएको थियो ।




