बारा, चैत ६ गते ।
विद्युतको करेन्ट लागेर बारामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका–१७ सुराहीका ६५ बर्षिय हिता राउत अहिरको करेन्ट लागेर मृत्यु भएको हो ।
सिचाइको लागि खेतामा जडान गरिएको बिधुतिय मोटर बन्द गरी तार बेरने क्रममा अहिरलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो । अस्पतालमा चिकीत्सकले उनलाई मृत घोषणा गरेको थियो ।



