काठमाडौं, फागुन १७ –
प्रगतिशील लोकतान्त्रिक पार्टीको गोकर्णेश्वर नगर कमिटीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका कुलमान घिसिङ लाई समर्थन गर्ने घोषणा गरेको छ।
नगर कमिटीद्वारा २०८२ फागुन २७ गते जारी विज्ञप्तिमा देशलाई आर्थिक उन्नति, पारदर्शी शासन प्रणाली र समुन्नत भविष्यतर्फ लैजान सक्षम तथा प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ। सोही आधारमा राष्ट्र र जनताको हितमा काम गर्ने प्रतिबद्धतासहित अघि बढिरहेका घिसिङको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरिएको जनाइएको छ।
विज्ञप्तिमा पार्टीका सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समर्थकलाई चुनावी अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ। साथै, फागुन २९ गते सम्पन्न हुने मतदानमा घिसिङको चुनाव चिन्ह ‘बलको चिम’ मा मतदान गरी उल्लेखनीय मतान्तरसहित विजयी गराउन अपिल गरिएको छ।
समर्थनसम्बन्धी निर्णयमा नगर कमिटीका अध्यक्ष नीर कार्की (रवी), सचिव तारानाथ पुरी तथा उपाध्यक्ष सुनील लामाको हस्ताक्षर रहेको जनाइएको छ।




