कार दुर्घटना हुँदा सोही कारमा सवार एकजनाको मृत्यु भएको छ भने कार चालक घाइते भएका छन् ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका साहको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।
दुर्घटनामा कार चालक सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय सबिन घिसिङ घाइते छन् । उनको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नयाँथिमीबाट गठ्ठाघरतर्फ जाँदै गरेको उक्त कार गएराति करिब पौने ९ बजे सडकको बिच भागमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । कार अनियन्त्रत भइ ट्याक्सी र बसलाई समेत ठक्कर दिएको थियो ।




