बुढानीलकण्ठबाट २२ केजी सुन बरामद

काठमाडौँको बुढानीलकण्ठस्थित चपलीबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्नदेखि अपरेसन चलाएर सुन बरामद गरेको हो।

सुनसँग ‘कनेक्सन’ देखिएका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको स्रोतको दाबी छ। पक्राउ परेकाहरूको विवरण भने सार्वजनिक गरिएको छैन। घटनाबारे प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै जानकारी दिने भएको छ।