निजगढको विभिन्न वडामा “खेलकुद महासंघ”को वडा कमिटी गठन

  • रूपाश्री ढोडारी, निजगढ ।

नेकपा एमालेको भातृ संगठन ‘नेपाल खेलकुद महासंघ’को निजगढको वडाहरूमा प्रथम भेला सम्पन्न भएको छ । सम्पन्न भेलाबाट निजगढ नगरपालिकाको विभिन्न वडाको वडा कमिटि गठन भएको छ ।

सम्पन्न भेलाबाट निजगढ नगरपालिकाको वडा नम्बर १, २, र ३ मा कमिटी गठन गरिएको हो । गठित कमिटीमा १ नम्बर वडामा रूकुम खड्का, २ मा अनेपम सापकोटा र ३ नम्बर वडामा विवेक दर्लामी मगर चयन भएका छन् । सर्वसम्मतमा ई सबै वडामा २६ सदस्यीय कमिटी चयन गरिएको हो ।

नेपाल खेलकुद महासंघको अधिवेशन आयोजक कमिटीका दिनेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले निजगढ नगर कमीटीको अध्यक्ष सुरथ पुरी प्रमुख अतिथि रहनु भएको थयो ।

कार्यक्रममा नेकपा एमाले निजगढ नगर कमीटी एवं नगर खेलकुद इन्चार्ज मानबहादुर लामा, विजय तिमल्सीना, सुरेश शर्मा, गोकर्ण थापा, उज्वल ज्योति थापा, ज्ञानु लामा, मिम बहादुर लामा, एक बहादुर मगर, गोकुल तिमल्सीना, उमेश गुरो लगायतको उपस्थिति रहेको थियो ।