चालक अनुमति पत्रमा नयाँ प्रणाली, आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

  • काठमाडौँ, वैशाख २३-

आगामी जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ। यातायात व्यवस्था विभागको अनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो आउने नयाँ प्रणालीमा उल्लेख गरिएको छ ।

यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका सबै आवेदनको परीक्षा सकाएर नयाँ खुलाउने तयारी गरिएको विभागका महानिर्देशक घिमिरेले बताए । तर जेठ १ गतेदेखि नै नयाँ व्यवस्था लागू गर्ने योजना भएपनि सार्वजनिक बिदाका कारण यो व्यवस्था जेठ ४ गतेबाट लागू गर्ने विभागको तयारी भएको उनको भनाइ छ ।