कुरा हैन काम गरेर देखाउछु: जीतपुरसिमरा ७ का वडा अध्यक्ष उम्मेदवार मंसुर

  • जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार मुगले आजम मंसुरले कुरा गरेर हैन काम गरेर देखाउछु भनेर जनताको मन जित्दै हिनेका छन् ।

मंसुरले घरदैलो र र्यालीमा “यहाँ भाषण गर्ने धेरै छन् तर काम गर्न म आएको छु” मंसुरले भन्नू भयो । कांग्रेसले अहिले जीतपुरमा आफ्नो चुनावी प्रचारप्रसार निकै जोरसाेरले गरिरहेको छ ।

नेपाली कांग्रेसले यस अघि २०७४ सालको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितेको थियो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट जीतपुरसिमरा ७ को वडा अध्यक्ष पदमा मुगले आजम मंसुर, सदस्यमा ज्ञनी पासवान , बिनाेद राैनियार, हरिनारायण राैनियार , बिभा गुप्ता उम्मेदवारी दिएका छन् ।