जीतपुरमा सार्वजनिक शौचालय आयो प्रयोगमा, गरियो उद्घाटन

  • जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा आधुनिक सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ । निर्माण सम्पन्न भएको शौचालयको आज उद्घाटन गरिएको हो ।

जीतपुरमा करिब ३ वर्ष देखि एउटा सार्वजनिक शौचालय नभएको कारण स्थानीयहरू सास्ती भोग्दै आएका थिए । तर सार्वजनिक शौचालय बने पनि निकै सहज हुने स्थानीयहरूले बताएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को बजेटबाट बनेको सार्वजनिक शौचालय आजबाट उद्घाटन गरि प्रयोगमा ल्याईएको छ । उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य दुर्गा रिजाल, नारी शक्ति विकास मञ्चकि अध्यक्ष आशा दाहाल, मुगलेआजम मंसुर, ज्ञानी पास्वान, विनोद रौनियार लगायतको उपस्थिति रहेको थियो ।