जीतपुरसिमरा वडा नम्बर ६ मा एमालेका कैमुदिन अंसारी प्यानल सहित बिजयी

  • जानकारी जेपाल, डेस्क ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नेकपा एमालेका कैमुदिन अंसारीले जीत निकालेका छन् । अंसारीले ७० मत अन्तरले आफ्नो जीत निकालेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी फैस अंसारीले ३६७ मत ल्याएका थिए भने अंसारीले ४४० मत ल्याएका हुन् ।

अंसारी २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने यस पालिपनि आफ्नो प्यानल सहित निर्वाचित हुनुभएको हो ।