वीरगञ्जमा ३२ मा जसपाको रियाज अहमद बिजयी

  • वीरगञ्ज, २ जेठ ।

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले खाता खोलेको छ । वडा नम्बर ३२ मा जसपाबाट उम्मेदवारी दिएका रियाज अहमद मिया १ हजार ९९  मत ल्याइ निर्वाचित भएका हुन् ।

यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । मतगणनाको लागि पहिलोपटक महानगरको चारवटा वडाको मतपेटिका चार वटा छुट्टाछुट्टै कोठामा गणना भईरहेको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट आज पहिलो जित जसपाको हाथमा परेको हो । वीरगञ्ज महानगरपालिकामा जसपाको जितको खाता खोल्ने अहमद निवर्तमान वडाअध्यक्षसमेत हुन् । पुनः त्याहाँका वडाबासीले उनलाई नै मत दिएर निर्वाचित गराएपछि वडामा उनले गरेका कामदेखि वडाबासी सन्तुष्ट रहेको स्पष्ट भएको छ ।

नेकपा एमाले र कांग्रेसलाई हराउदै वीरगञ्ज महानगरमा जसपाले पहिलो जित आफ्नो नाममा गरेको छ । नेकपा एमाले ९ सय ५२ मत र कांग्रेसको ९ सय ४७ मत हुँदा जसपाका मियाँ १ हजार ९९ मत बढी ल्याइ विजयी भएका हुन् ।