- जानकारी नेपाल, डेस्क ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेले सान्दार कमब्याक गरेको छ ।
केही वेर उता गठबन्धन संग निकै पछाडि रहेको एमाले अहिले गठबन्धनलाई उछिन्दै उप-मेयर पदमा ९ सय भन्दा बढि मतले अग्रता कायम गरेको छ भने मेयर पदमा ३ हजारको फारक मतान्तरलाई घटाएर मात्र ९ सायमा झारेको छ ।
आज मंगलबार बिहान सम्म मेयर पदमा एमालेलाई निकै ठूलो मतान्तरले पछि पार्दै आएको गठबन्धनको अब विस्तारै मतान्तर घट्दै गएको छ । हाल सम्म जीतपरसिमराको २४ वडा मध्ये १६ वडाको अन्तिम परिणाम आएको छ भने ८ वडाको मत गणना गर्न बाकि छ ।



