- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा मानिस हिड्ने सडकमा मासु नकाट्न र जीतपुरको सार्वजनिक शौचालयलाई नि:शुल्क गर्न माग गरिएको छ । हिन्दु मसानघाट संरक्षण समिति जीतपुरले यस्तो माग गरेको हो ।
मानिस हिड्न बनाईएको सडकमा मासु पसलेहरूले मासु काटेको कारण मानिस आवतजावतमा समस्या भएको भन्दै मासु पसलहरूलाई व्यवस्थित गर्नको लागि समितिले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा निवेदन दिएको समितिका अध्यक्ष राजा गिरिले बताउनु भयो ।
तेसै गरि सोही निवेदन मार्फ जीतपुरको सार्वजनिक शौचालयलाई नि:शुल्क गर्न समेत माग गरिएको निवेदनमा देखिन्छ ।
यस विषयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा नवनिर्वाचित वडा अध्यक्ष सुनिल कुमार गुप्ताले शनिबार सार्वजनिक बैठक बोलाई ई सबै विषयमा छलफल गरि जीतपुरलाई स्बकस बनाउने तिर लाग्ने बताउनु भयो ।



