- एस.एस. पटेल, बारा ।
वातावरण दिवसको पुर्व सन्ध्या जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले वृक्षारोपण गरेको छ । संघको महासचिव शिवजी साह सोनारको संयोजकत्वमा संघको परिसरमा वृक्षारोपण गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रम अन्तरगत विभिन्न जातिका ८० थान विरूवाहरू जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको जीतपुर स्थित रहेको मुख्य कार्यालयको परिसरमा रोपिएको हो ।
वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि गोल्छाले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले छोटो समयमा गरेको प्रगति र कामको निकै प्रसंसा गर्नुभएको थियो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाई र वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ विशिष्ठ अतिथि रहनु भएको थियो भने कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन सर्मा लामिछाने, उद्योग उपाध्यक्ष मनोज गुप्ता, वाणिज्य उपाध्यक्ष अर्जुन लम्साल, महासचिव शिवजी साह सोनार, कोषाध्यक्ष अमर यादव, उद्योग सचिव लक्ष्मण अधिकारी, वाणिज्य सचिव रामचन्द्र पौडेल, सदस्य गिता सर्मा, श्यामबाबु साह, रामबाबु कलवार, ओमप्रकाश गुप्ता, संघका सल्लाहकार मुकुन्द बहादुर क्षेत्री, देवनारायण चौधरी, छविलाल सर्मा, गणेश जी प्रसाद, मोहन साह लगायतको उपस्थिति रहेको थियो ।



