आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा जीतपुरसिमराका वडा सदस्य पक्राउ

  • जानकारी नेपाल, डेस्क ।

आफ्नै छोरी बलात्कार गरेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिकाका एक नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का निर्वाचित वडा सदस्य टल्के थिङ्गलाइ प्रहरीले पक्राउ  गरेको हो ।

१४ बर्षको उमेर हुँदैबाट आफ्नै बाबुले पटकपटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा थिङ्गलाइ हिजो बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थिङ्गलाइ ईलाका प्रहरी कार्यालय सिमरामा राखी अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ । यही वैशाख ३० गते भएको स्थानीय निर्वाचनबाट जीतपुरसिमरा-१७ मा थिङ्ग नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।