भक्तपुर केन्द्रबिन्दु भएर बिहानै भूकम्पको धक्का

  • काठमाडौं, जेठ २८-

काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।