जीतपुरमा बिहान देखी चक्का जाम, प्रहरी प्रशासन मुख दर्शक, यात्रु मारमा

  • एस.एस. पटेल, बारा ।

देशकै सबैभन्दा ब्यस्त राजमार्ग त्रिभुवन राजमार्ग आज बिहान देखि अवरुद्ध छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा राकेशभक्त पौडेलको मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान फितलो भयो भन्दै स्थानियहरूले आज बुधबार बिहान करिब ११ बजे देखि चक्काजाम गरेका छन् ।

चक्काजाम भएको ७ घण्टा बितिसक्दा पनि प्रहरी प्रशासन मुख दर्शक बनेको छ । हाल सम्म पनि चक्का जाम खुल्न सकेको छैन । चक्का जाम खुल्न नसक्दा गाडि र यात्रुहरू अलपत्र परेका छन् । जाम भएको ७ घण्टा बितिसक्दा पनि कुनै पनि प्रहरी प्रशासन जाम खोल्न पहल समेत गरेका छैनन् ।

गत वैशाख ३० गते जीतपुरसिमरा ६ का राकेशभक्त पौडेलको एक घरमा हत्या गरिएको भए पनि प्रहरीले हत्यारालाई सार्वजनिक नगरेको र अनुसन्धानमा हेलचेकराई भईरहेको भन्दै स्थानियहरू आज बिहान देखी त्रिभुवन राजपथ अवरुद्ध गरेका छन् ।