- एस.एस. पटेल, बारा ।
सशस्त्र प्रहरी रिजर्भ गण पिलुवा बाराले अबैध काठसहित जीतपुरसिमरा उपमहानगरपालिकाको टिपर पक्राउ गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको ना १ ग ७६२ न.को सरकारी गाडीमा अबैध काठ पक्राउ परेको सशस्त्र प्रहरीका एसपी मनोज थापाले बताउनुभएको छ ।
पक्राउ परेका सो नगरपालिकाका चालकका अनुसार उक्त काठ जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्कर १६ वडा अध्यक्ष केदारनाथ बजगाइले लोड गराइएको बताएका छन् भने वडा अध्यक्ष बजगाईले पक्राउ परेको काठमा आफ्नो कुनै हांत नरहेको बताउनु भएको छ ।
पक्राउ परेको काठलाई जिल्ला बनको जिम्मा लगाइने एसपी थापाले बताए । नगरका प्रमुख कार्यकारी अधिकृत चेतप्रसाद पोखरेलको निर्देशनमा गाडीमा काठ लोड गरिएको उनकै चालक बच्चा सिंह दनुवारले बताए ।



