- ५ साउन, सुर्खेत ।
भेरी नदीमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका–२, पाक्माका ४५ वर्षीय भीमबहादुर मन्दिरको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
परिवारका सदस्यका अनुसार उनी बुधबार बिहान ९ बजे सिस्नेरी जान्छु भन्दै घरबाट डुङ्गा (नाउ) लिएर निस्किएका थिए । लामो समयसम्म घर नफर्केपछि भेरी नदीमा खोजतलास गर्दै जाँदा बुधबार साँझ उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको एसपी पाण्डेले बताए ।




