एनआरएनको सहयोगमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा अक्सिबैँक शुरु

  • एस.एस. पटेल, बारा ।

गैर आवसिय नेपाली संघका अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई अक्सि बैँक स्थापना गर्न अक्सि मिटिर उपलब्ध गराएको छ ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले पैसा नहुनेहरुका लागि अक्सि मिटर किन्न गाह्रो हुने भएकोले अक्सि बैँक स्थापना गरेको र त्यस कार्यलाई शुरु गर्न एनआरएनको तर्फबाट संघलाई २० थान अक्सिमिटर हस्तान्तरण गरिएको नेपालका सहयोगी एवम एपी खबर डटकमका संचालक अनिल तिवारीले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघ जीतपुरका अध्यक्ष संजय साह, युर्व अध्यक्ष घन्श्याम गिरी, स्थानिय समाजसेवि आफताब आलम ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरक्षक कृष्णदेव सिह लगाएतको उपस्थिती रहेको थियो ।