- साजन रेग्मी
राणा शासन बिरुद्ध को लडाइँ जितियो भने देश र जनताले निकास पाउछ भन्ने लागेर राजा अनि प्रजा मिलेर सुरुवात गरिएको प्रजापरिषद को योगदान आज कहि कसैको मुखबाट सुनिदैन । ७ साल को परिवर्तन पछि समयको बेग सङै आएको बहुदलीय व्यवस्था नै सबै भन्दा ठुलो परिवर्तन हो भनेर भनिएको थियो । माओवाद को नारा ले नेपाली जनतालाई निकास दिन्छ भनेर एतिहास केही ठुलो युद्ध “जनयुद्ध ” गरियो तर अवस्था हामी सबै लाई थाह छ। भ्लादिमिर लेनिन, माओ त्से तु, चे ग्वेभारा का प्रतिपादन गरिएको सिद्धान्तले बिश्व कम्युनिष्ट आन्दोलन को रुप रेखा परिवर्तन भैसकेको थियो। एस्तो खाल्को कम्युनिष्ट सिद्धान्तले देश लाई साच्चै निकास दिन्छ भनेर भनियो। बहुदलीय व्यवस्था असफल बनाउन दरबार बाट धेरै चलखेल भएको भन्ने पाइयो। त्रिभुवन वीर विक्रम शाह, महेन्द्र वीर विक्रम शाह, वीरेन्द्र शाह,दीपेन्द्र वीर विक्रम शाहको हुँदै आज गणतन्त्र नेपाल सम्म आइपुग्दा देशमा को स्थिति देख्दा बिरक्त लाग्छ।
नेपालमा २०४८ सालमा सम्पन्न भएको आमनिर्वाचनमा प्रजातान्त्रिक समाजवादको नारा दिएर नेपाली काङ्ग्रेसले एकल बहुमत हासिल गर्यो । तर नवउदारवादलाई विभिन्न बहानामा सुनियोजित ढङ्गले भित्र्यायो ।
प्रजातान्त्रिक समाजवादको नारा जनता झुक्याउने घोषणापत्रमा सीमित रह्यो । संघीयताको कार्यान्वयन पश्चात भएको आमनिर्वाचमा समाजवाद र साम्यवादको आकर्षक नाराले नेकपाले झण्डै दुई तिहाइको संघीय सरकार र ६ वटा प्रदेश सरकारमा एकल बहुमत हासिल गर्यो ।
नेकपाको सरकार पनि नवउदारवाद र आसेपासे पूँजीवादको दलदलमा नराम्ररी फस्यो । परम्परागत कम्युनिष्ट चरित्रको विरासतबाट मुक्त हुन सकेन । आन्तरिक गुटबन्दी र कलहको कारणले पार्टी विभाजन भयो । कम्युनिष्टहरूले बाँडेको समाजवादको सुन्दर सपना पनि नारामा सीमित हुन पुग्यो । सिके राउत, बाबुराम भट्टराई , रबिन्द्र मिश्र , नेत्र बिप्लब चन्द आज उनिहरु आफनै किचलो मा छन ।
अब प्रत्येक्ष राष्ट्रपती निर्वाचित प्रणाली को निर्वाचन प्रणाली भनिदै छ। के यो फेरि नेपाली जनता लाई आश देखाउने बाटो होला ? कि अब चल्दै गएको बहस ले देश लाई निकास देला?




