जीतपुरसिमराका बैंक तथा बित्तीय संस्थाका सुरक्षागार्डहरूलाई अभिमुखीकरण तालिम

  • जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका बैंक तथा बित्तीय संस्थाहरूमा कार्यरत सुरक्षागार्डहरूलाई सुरक्षा सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ । तालिम कार्यक्रम ईलाका प्रहरी कार्यालय सिमरामा हिजो शनिवार सम्पन्न भएको हो ।

जीतपुरसिमरा बैंकर्स क्लबको आयोजना र ईलाका प्रहरी कार्यालयको समन्वयमा सुरक्षागार्डहरूलाई सुरक्षा सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको थियो ।

बैंक तथा बित्तीय संस्थामा आउनसक्ने सुरक्षा सम्बन्धि जोखिमलाइ न्यूनीकरण गर्ने उध्येश्यले जीतपुरसिमरा बैंकर्स क्लब र ईलाका प्रहरी कार्यालयको सम्न्वयमा सुरक्षागार्डहरूको लागि अभिमुखीकरण तालिम आयोजना गरिएको बैंकर्स क्लब अध्यक्ष कृष्ण गौतमले बताउनु भयो ।