जानकारी नेपाल, डेस्क, ६ भदौ ।
यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा जिल्लाको पर्सागढीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ३ निवासी ४० वर्षीय महम्मद चुकुलाहलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी पर्सागढी उपशाखाका सभापति समेत रहेका उनलाई स्थानीय महिलालाई जिस्काउनुका साथै यौन दुर्व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । प्रहरी चौकी बढ्नियारबाट खटिएको टोलीले हिजो आइतवार साँझ ६ बजे उनकै निवासबाट महम्मदलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
महम्मदलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।



