गायिका सरिता मुखियाद्वारा एकैसाथ तीनवटा भोजपुरी गितको विमोचन

  • जानकारी नेपाल, डेस्क ।

नव गायिका सरिता मुखियाले आफ्नो पहिलो एल्बमको विमोचन गरेकी छन् । बाराको जीतपुर निवासी मुखियाले एउटा एल्बममा तीन वटा गित राखी आज एल्बमको विमोचन गरेकी हुन ।

गणेश चतुर्थी, दुर्गा पुजा र छठ पर्वको एक-एक वटा गित रिलिज गरेकी सरिताले पहिलो पाईला भगवानकै नामबाट सुरू गर्ने योजना बनाएको सरिता मुखियाले बताईन । भोजपुरी गायन क्षेत्रमा आफ्नो पहिलो प्रयास स्वरूप भक्ति गित सार्वजनिक गर्दै आफु ईन्ड्रस्ट्रीमा छिरेको उहाँको बभाई छ ।

हाल भोजपुरीको भक्ति गितबाट गायन क्षेत्रमा प्रवेश गरेकी उनी भविष्यमा आधुनिक पप गितहरू पनि बजारमा ल्याउने योजना उनको छ । सरिता मुखियालाई गायन क्षेत्रमा उनको परिवारले मानसिक सहयोग गरेका छन् भने आर्थिक सहयोग जीतपुरका युवा समाजसेवी मनोजकुमार साहले गरेका छन् ।

सरिताले आफ्नो पहिलो एल्बममा “गणपति बाबा आईहे कि ना”, “कैसे करिमाई तोहके बिदाइ” र “छठि मैया करिना उद्धार” नामक तीन गितलाई युटुव मार्फत विश्व भर एकसाथ सार्वजनिक गरेकी हुन ।