जीतपुरको ट्राफिक व्यवस्थापनमा कडाइ, वडाले मनोबल बढायो ट्राफिक प्रमुख: बस्नेत

एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ट्राफिक प्रहरीले कडाई सुरू गरेको छ । बजार व्यवस्थापन संगै ट्राफिक प्रहरीले जथाभावी गाडी पार्किङमा निषेध लगाएको छ ।

अस्थायी ट्राफिक पोष्ट जीतपुरले कडाइको साथ गाडिको कागजपत्र समेत चेक गर्न थालेको छ । वडा संग समन्वय गरेर जीतपुरको सडकमा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी नियमित खट्नुका साथै कडा रूपमा उत्रिएको हो ।

अस्थायी ट्राफिक पोष्ट जीतपुरका प्रमुख दिपक बस्नेतको अनुसार वडाले बजारको ट्राफिक व्यवस्थापनमा पुर्णरूपले सहयोग गरेपछि आफुहरूलाई निकै उत्साहित बनाएको बताउनु भयो ।