नारायणी नदीले फेरि खतराको तह पार गर्‍यो, पुल क्षेत्रमा १२ मिटर पुग्यो

चितवन, असोज २१–

नारायणी नदीले फेरि खतराको तह पार गरेको छ । विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरिखतराको तह पार गरेको छ ।

देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।

यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको सतह १२ मिटर पुगेको छ ।