बारामा करेन्ट लागेर एक किशोरीको मृत्यु

बारा, २६ असोज ।

बारामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नं ६ मदरसा टोलमा आज बुधवारकरेन्ट लागेर किशोरीको मृत्यु भएको हो ।

स्थानिय अबदुलेश अंसारीको १५ वर्षिय छोरी सबनम खातुनलाई आफ्नै घरमा पानी पटाउने क्रममा मोटरको तार सर्ट भई करेन्ट लागेकोथियो ।

करेन्ट लागेर घाईते भएकी सबनवलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीलेजनाएको छ ।