बारा, असोज २६ गते ।
बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाको लोकपृयता बढ्दै गएको छ । कुशवाहाले हाम्रो नेपाली पार्टी लौरो चुनाव चिन्हबाट उम्मेदवार बनेका छन् ।
परिवर्तन खोजिरहेका बाराली जनताको आँखा भर्खरका २५ वर्षिय युवा सन्तोष कुशवाहा माथी गएको छ। सन्तोष आफ्नो क्षेत्रको सबै भन्दा कान्छो (यंङ) उम्मेदवार पनि हुन् ।
बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदमा अन्य उम्मेदवार भन्दा सन्तोषको लोकपृयता फरक किसिमको छ । सन्तोषलाई युवा पुस्ता र परिवर्तनको संकेत भनेर चिनिन थालेका छन् ।




