बारा, मंसिर ७ गते ।
बाराको क्षेत्र नम्बर ४ (ख) को प्रदेशसभा सदस्यामा लोसपाका उम्मेदवार जितेन्द्र सोनल निर्वाचित भएका छन् । सोनल यस अघिपनि सोही क्षेत्र बाट निवार्चित भएका थिए । पाँच दलीय गठबन्धनका समेत उम्मेदवार रहेका सोनल निकटतम प्रतिस्पर्धी भन्दा निक्कै फराकिलो मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
सोनल १३ हजार ५९६ मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी जसपा–एमाले उम्मेदवार आत्माराम साह ८ हजार २६९ मत मात्रै पाएका छन् । सोनल र साह बिचको मतान्तर ५ हजार ३२७ रहेको छ । मधेस प्रदेश सरकार पुर्वमन्त्री र लोसपाका प्रदेश अध्यक्षसमेत रहेका सोनल २०७४ को निर्वाचनमा पनि यहि क्षेत्रबाट १३ हजार १ सय १८ मतका साथ निर्वाचित भएका थिए ।




