बारा-४ बाट प्रतिनिधि सभामा किसान श्रेष्ठको सानदार जित

बारा, मंसिर ७ गते ।

बाराको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को सानदार विजयी भएका छ । श्रेष्ठले नेकपा एमालेका एकबाल मियाँलाई दश हजार ६६ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन

पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले ३० हजार २५६ मत प्राप्त गर्न सफल भएका छन । जसपा एमाले गठबन्धनमा नेकपा एमालेको तर्फबाट उमेदवार बनेका मियाँले २० हजार २७५ मत प्राप्त गरेका छन ।

तेसै गरि प्रतिनिधि सभा सदस्यमा बारा क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका इच्छा बहादुर वाग्लेले ५ हजार ५२२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पवन चौधरीले ३ हजार ८७९ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार जलिल् देवालले ३ हजार १९३ मत प्राप्त गरेका छन् ।