जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको जिर्ण अवस्थामा रहेको एम्बुलेन्स भोली शुक्रवारबाट संचालनमा आउने भएको छ । संघको ना २ च ५१५२ नं को एम्बुलेन्सलाइ मर्मत गरी पुन संचालनमा ल्याइएको जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले जाकारी दिनुभयो ।
जितपुरसिमरा उपमहानगरपालिकालाई पटक पटक तागेता गरेपनि आफुहरुसंग रहेको उम्बुलेन्स मर्मत गर्न कुनै चासो नदिए र सोहि समयमा केहि दाताहरु सहयोग गर्ने प्रतिबद्धता गर्नुभएकोले आज एम्बुलेन्स मर्मत भएर आएको जानकारी दिनुभयो ।
यसैगरी मर्मत गरि ल्याइएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै औषधि उत्पादक कम्पनिहरुको प्रदेश स्तरिय साझा संगठन औषधि उत्पादक संघ प्रदेश २ का अध्यक्ष प्रभात रुङ्कगटाले आफुहरुले आफ्नो समाजीक उतरदायतिव अन्तरगत यो कार्य गरेको बताउनुभएको छ । साथै पहिलो लकडाउनमा औषधी उद्योगका साथै अन्य कामहरुमा आउने जाने क्रमचारीलाई सुरक्षाकर्मीले गर्नुभएको सहयोगको लागि धन्यवाद दिदै यसपालिपनि त्यसतै सहयोगको आपेक्षा गर्नुभएको थियो ।
जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजयकुमार साहको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकाल, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठ, नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष्य घनश्याम गिरी, म्याग्नेश फर्माका डाइरेक्टर पे्रम जाटिया, नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा औषधि उत्पादक कम्पनिहरुको प्रदेश स्तरिय साझा संगठन र म्याग्नेश फर्माको संयुक्त टिमले पेन्टि¨ सहित मर्मत सम्भार गरी एम्बुलेन्सको चाबि संघका अध्यक्ष सहित पदाधिकारीहरुलाई हस्तानतरण गरेको छ ।
साथै उक्त कार्यक्रममै कोभिड १९ को त्रासबिच अग्रपक्तिमा खटिने सुरक्षाकर्मिहरुलाइ प्रयोग हुने १८० प्याकेट औसधिसमेत प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठलाई हस्तान्तरण गरीएको छ ।कार्यक्रमलाई संघका महासचिव शिवजी साहले सहजीकरण गर्नुभएको थियो ।



