५ दिन देखि खुकुलो रहेको निषेध आदेश प्रहरीको सक्रियातामा आज जीतपुर पुर्णरूपले बन्द

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर आज पुर्णरूपमा सुनसान भएको छ । बारामा निषेध आदेस लागेको ५ दिन बितिसक्दापनि जीतपुरमा यसको कुनै असर परेको थिएन ।

५ दिन सम्म जीतपुर बजारमा प्रहरीको पनि उपस्थिति न्यून देखिएको थियो । तर आज छैठो दिन प्रहरी प्रशासनले सक्रियाता देखाउदै जितपुर बाजर पुर्णरूपमा बन्द गराएको छ ।

जील्ला प्रसाशन कार्यालय बाराले खाद्यान, औषधी र अतिआवस्यक बाहेकका व्यवासायहरू विहान ६ बजे देखी विहान ११ बजे सम्म मात्र खोल्न निर्देशन दिएको थियो तर जीतपुरमा भने दिन भरी सबै पसलहरू लुकाई छिपाई खुलेको देखिन्थ्यो तर आज ईलाका प्रहरी कार्यालय जीतपुरले बिहान ११ बजे पछि औषधी बहेकका सबै पसलहरूलाई पुर्णरूपमा बन्द गराएको छ ।