लागूऔषध गाँजासहित जीतपुरबाट एक जना पक्राउ

  • एस.एस. पटेल, बारा ।

प्रदेश २ को बारा जिल्लाबाट १५ किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकाबाट ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख कृष्ण देव सिंहको कमाण्डमा खटेको प्रहरी टोलीले पर्साको पकहा मैनपुर गाउपालिका वडा नम्बर १ का राजमहमद मियाँ हजामलाई १५ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।

उत्तर तर्फ बाट दक्षीण तिर साइकलमा जाँदै गरेका हजाम माथी शङ्का लागी चेकजाँच गर्ने क्रममा १५ किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख सिंहले बताउनु भयो ।

पोकामा बोकेको १५ किलो गाँजा र  राजमहमद मियाँ हजामलाई नियन्त्रणमा लिई लागूऔषध मुद्धामा आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।