बारा प्रहरीद्वारा डेढ करोड बराबरको अबैध सामान सहित ट्रक नियन्त्रणमा

बारा, असोज १८ गते ।

बारा प्रहरीले एकै दिनमा दुइ ठाँउबाट करिब डेढ कोरड रूपैया बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका नम्बर १ र २१ गरि दुइ ठाँउबाट बुधवार बिल विजक भन्दा बढि समान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

बिरगंजबाट भैरहवातर्फ जादै गरेको ना ६ ख ३८२८ नम्बरको ट्रकलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अम्लेखगंजमा चेकजाच गर्दा बिल नभएको अंदाजी ४९ लाख ८२ हजार ४ सय ४३ रूपैया बराबरको सामानहरु फेला परेको थियो ।

तेसैगरि विरगंजबाट काठमाण्डौतर्फ जादै गरेको ना.८.ख.४८४२ नम्बरको ट्रकलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१ पथलैयामा चेकजाच गर्दा बिलविजक नभएको अंदाजी ९२ लाख १९ हजार ४ सय ८ रूपैया बराबरको सामानहरु फेला परेको थियो ।

बिल विजक भन्दा बढी र सामानहरुको श्रोत खुल्न नसकेको उक्त सामानहरु सहित दुइवटै ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।