- एस.एस. पटेल, बारा ।
बारामा सवारी दुर्घटना हुदा एक प्रहरीको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित भुतही पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिदा प्रहरीको मृत्यु भएको हो ।
दुर्घटनामा ईलाका प्रहरी कार्यालय सन्तपुर रौतहटमा कार्यरत सखुवा पर्सौनि गाउपालिका वडा नम्बर ६ घर भएका प्रहरी सहायक निरीक्षक ४४ वर्षीय रमेश कुमार राउतको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
प्रदेश २-०३-००१ ख ०७१५ नम्बर को ट्रकले सोही दिशा तर्फ आउदै गरेको स ५ प ९५३७ नं को मोटरसाइकल लाई पछाडिबाट ठक्कर दिदा मोटरसाइकल चालक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।
ट्रक सहित चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरी प्रबक्ता मिश्रले बताउनु भएको छ ।




