- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ५० देखि ५४ वर्ष उमेर समुहको व्यक्तिहरूलाई कोरोना विरूद्धको अमेरिकी जोन्सन एन्ड जोन्सन खोप लाग्न शुरू गरिएको छ ।
अमेरिकी खोप जोन्सन एन्ड जोन्सन आज शुक्रबार देखि लगाउन शुरू गरिएको छ भने उक्त खोप भोलि अर्थात शनिबार साझ ४ बजे सम्म सम्बन्धित स्वास्थ्य चौकिमा गएर लगाउन सकिने छ ।
खोप लगाउनको लागि आफ्नो उमेर र नाम खुल्ने परिचयपत्र सहित नजिकैको सरकारी स्वास्थ्य चौकीमा गएर कोरोना विरूद्धको अमेरिकी जोन्सन एन्ड जोन्सन खोप लगाउन सकिने छ ।
जीतपुरसिमरा उपमहानगरपालिकामा जोन्सन एन्ड जोन्सन अमेरिकी खोप १३ सय ६४ भाईल उपलब्ध भएको जीतपुरसिमरा स्वास्थ्य शाखाका प्रमुख रवि कुमार भास्करले जानकारी दिनु भयो । उनका अनुसार १ भाईलमा करिव ५ देखि ६ जनालाई खोप लाग्न सकिन्छ ।
यता कोरोना विरूद्धको खोप लगाउने जीतपुर स्वास्थ्य चौकीमा पुग्दा खोप लगाउनेको राम्रो उपस्थिति देखिएको थियो । जीतपुर स्वास्थ्य चौकिका प्रमुख बिजय साहका अनुसार पहिला भन्दा अहिले मानिसहरू कोरोना विरूद्धको खोप लगाउन सकारात्मक सोच बन्दै गएको बताउनु भएको छ ।



