ठाेरी नाकामा रहेकाे छाेटी भन्सारकाे स्तराेन्नत्ति हुने

बारा, माघ २३ गते ।

पर्सा जिल्लाको ठोरी नाकामा रहेको छोटी भन्सारको स्तरोन्नत्ति हुने भएको छ। ठोरी गाउँपालिका वडा नं. २ मा रहेको ठोरी भन्सारको स्तरोन्नति यहि माघ २७ गते शनिबारका दिन गरिने छ । भन्सारको भौतिक पुर्वाधार स्तरोन्नत्ति भएको कर्यौ वर्ष पछि उक्त भन्सार कार्यालय ओैपचारिक रुपमा सञ्चालन हुन लागेको हो ।

पर्साको दोस्रो नाकाको रुपमा रहेको ठोरी छोटी भन्सार कार्यालयको नयाँ भवन निर्माण गरिएको वर्षौ बितिसक्दापनि भन्सार विभागले कर्मचारीको व्यवस्थापन नगरिदिदाँ उक्त छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेको थिएन । माघ २७ गते संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महत आँफै ठोरी आएर ठोरी छोटी भन्सारलाई स्तरोन्नति गरिएको घोषणा गर्ने छन्।

अर्थमन्त्री महतसंगै अर्थमन्त्रालयका अन्य दुई सचिव तथा भन्सार बिभाग प्रमुखको समेत आगमनमा ठोरी छोटी भन्सारको स्तरोन्नतिको घोषणा हुने कार्यक्रम तय भएको ठोरी गाउँपालिकाले जानाएको छ।

ठोरी गाउँपालिका र माडी नगरपालिकाको संयुक्त बैठकले ठोरी छोटी भन्सारको स्तरोन्नति गर्न संयुक्त पहल गर्ने निर्णय गरेसँगै अर्थमन्त्रालय र भन्सार विभागले ठोरी छोटी भन्सारलाई स्तरोन्नति गर्न चासो देखाएइको हो ।