बाराको रजघट्टामा रक्तदान कार्यक्रम सम्पन्न, ११ महिलासहित ५२ जनाले गरे रगतदान

  • एस.एस. पटेल, बारा ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो युवा समूह रजघट्टाको आयोजना आज मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

डुमरवाना दुग्ध सहकारी संस्था, जनकल्याण संकलन मंञ्च रजघट्टा र रिजाल सप्लार्यसको संयुक्त सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो । सम्पन्न रक्तदान कार्यक्रममा ११ महिलासहित ५२ जनाले रगतदान गरेका थिए ।

रगतदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि रक्त संचार केन्द्र पर्साले प्राविधिक सहयोग गरेको थियो । वडाध्यक्ष्य रामशरण बर्तौला, अस्थाई प्रहरी चौकि रजघट्टाका प्रहरी सहायक मानबहादुर कार्कि, आयोजक समितिका सदस्य लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाम्रो युवा समूहका अध्यक्षय प्रताप रिजालले जानकारी दिनुभयो ।