जीतपुरसिमरा महोत्सवमा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन पनि हुने

बारा, फागुन १२ गते ।

जीतपुरसिमरा महोत्सव २०८० मा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन पनि हुने भएको छ । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन गर्न लागिएको हो ।

फागुन १८ गते बाट सुरु हुने उक्त महोत्सवको तयारी तिब्रगतिमा भैरहेको छ । यता महोत्सवमा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन हुने तय भए पछि अडिसन खुला गरिएको छ ।

प्रथम जीतपुरसिमरा एकल डान्स च्याम्पियनमा सहभागि हुन फागुन १५ गते भित्र आवेदन दिन सकिने छ । नाम दर्ता गराउन ९८२१२५८३७४ मा सम्र्पक गर्न पर्ने छ । आवेदन निशुल्क दिन सकिने छ ।

प्रथम जीतपुरसिमरा डान्स च्याम्पियनको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार, तेस्रो हुनेले रु १० हजार र चौथो हुनेले रु ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

‘कृषि –पर्यटन ,खेल –उद्योग र व्यापार ! जितपुरसिमरा बारा, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित यसपटक उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताउनु भयो ।

महोत्सवले स्थानीय कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको र बारामा पर्यटनका लागि पनि महत्त्वपूर्ण छ भन्ने पुष्टि गराउने अध्यक्ष शर्माले बताए। उनले बारामा रहेका विभिन्न मठमन्दिरको प्रचारप्रसारलाई समेत महोत्सवमा जोडिने बताए।

उनले महोत्सवले बाराको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवका रूपमा स्थापित हुने अपेक्षा रहेको जनाए।

बाराको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, बालबालिका तथा युवाहरूको मुख्य आकर्षणका रूपमा रहँदै आएको बाल उद्यान, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको अध्यक्ष शर्मा जनाए।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछन् भने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।